खेलकुद

वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन् - म असफल सभापति हो, अहिले सदस्यता घाँडो भयो

मंगलबार चैत २४, २०७७/ Tuesday 04-06-21

वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल पत्रकार महासंघमा अति दलीय राजनीतिकरण भएको बताएका छन् । शिलापत्रसँगको संवादमा पत्रकार नेपालले अति दलीयकरणका कारण आफ्नो पहिचान नै गुमाउँदै गएको बताएका हुन् । नेपाल भन्छन्, ‘पत्रकार महासंघको परेवा अंकीत झण्डा दलका झण्डाले छोपिन थालेको छ ।’

त्यसैगरी पत्रकार नेपालले अहिले महासंघको सदस्य बनेर श्रमजीवि पत्रकार भन्नेहरूले पत्रकारिताबाहेक सबै काम गरिरहेको आरोप पनि लगाए । अहिले महासंघ पत्रकारको कि पार्टीको भन्ने प्रश्नले पत्रकार महांसघ घेरिन थालेको छ । त्यही प्रश्नलाई नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको मेसो पारेर पूर्वसभापतिसमेत रहेका वरिष्ठ पत्रकार नेपालसँग शिलापत्रले गेस्ट एडिटरको रूपमा छलफल गरेको थियो ।

वरिष्ठ पत्रकार नेपालसँग शिलापत्रले गरेको संवाद

  • नेता दाइहरूको चाकरीमा नलागेका भए उनीहरूले यति पेल्न सक्ने थिएनन् । नेताहरूको ग्यालरीमा जे सुनिन्छ त्यहीअनुसार पत्रकारले मत बनाउँछ ।
  • परेवा भएको झण्डा मात्रै हुनुपर्ने थियो । अहिले दलका झण्डा हुन्छन् । यो त चुनाव नै होइन ।
  • १३ हजार पत्रकार त थोरै भए, यतिले कहाँ पुग्छ र । ३ करोड जनसंख्या भएको जनता नभएको ।
  • सदस्यहरूको शुद्धीकरण कस्तो भन्नुभएको, पैसालाई गाई मानेर गाई दान गर्ने कि गाईलाई नै दान गर्ने यीमध्ये कुन शुद्धीकरणको कुरा गर्ने ?
  • मेरो मान्यताचाहिँ जो पत्रकार महासंघको सदस्य हुन्छ उसले काम गर्दैन । पत्रकार महासंघको सदस्य हुनु भनेको लाइसेन्स लिनु हो, देखाइदिऊ तँलाई भन्ने खालको ।
  • दान दातव्य आउने कुरा छन्, त्यहीँमार्फत आउँछन् । अहिलेको श्रमजीवी पत्रकारको सबै काम हो, लेख्नेबाहेक । अहिलेको श्रमजीवी पत्रकार भनेर जो फ्रिल्यान्सिङ गर्नुहुन्छ, उहाँहरूको कपी लिएर हेर्नुस् अनि थाप्लोमा राखेर बस्नुहोस् ।
  • पत्रकार महासंघको सदस्य नभएर पनि पत्रकार हुन सकिन्छ ।
  • म असफल सभापति हो । मलाई अहिले पत्रकारको सदस्यता घाँडो भएको छ । मेरो इन्डिपेन्सी नै खोसेर लैजालाजस्तो भयो ।
  • अहिलेको बजार नीति भनेको खाऊ, पिऊ आनन्द लेऊ । आफूलाई जेबाट आनन्द हुन्छ त्यही गर । अहिले पढेर आनन्द हुँदैन । मोजमस्तीमा हुन्छ ।

तपाईको प्रतिक्रिया