सप्तकोशी समाचार

निषेधाज्ञा थप कडा हुने, सुनसरीमा पनि निषेधाज्ञा 

शुक्रबार बैशाख १७, २०७८/ Friday 04-30-21
माक्स खै अभियानमा ट्राफिक प्रहरी

सुनसरी । सरकारले निषेधाज्ञा लागू भएका ठाउँमा आदेशको पालना गर्न आग्रह गरेको छ । साथै आजदेखि काठमाण्डौ उपत्यकामा थप कडाइ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले ७७ वटै प्रशासनलाई परिपत्र गरी आदेश कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । 

यसैगरी सुनसरीमा एक साताको लागि निषेधाज्ञा आजदेखि जारी हुदैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेदेखि २४ गते मध्यराती सम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रसासनले जारी गरेको आदेशमा भनिएको छ । कार्यक्रम सप्तकोसी बहसमा कुराकानी गदै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेसकुमार पोखरेलले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन सर्वसाधारण समक्ष आग्रह गरेका छन् । 

भारतसंगको खुल्ला सिमानाकामा कडाइ गर्ने उनको भनाई छ । आदेशको अपहेलना वा बाधा पु¥याउने ब्यक्तिलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने समेत प्रशासनले स्पष्ट पारेको छ ।

 

सुनसरीका सहायक प्रमुखजिल्ला अधिकारी महेसकुमार पोखरेलसंग कुराकानी

Posted by Saptakoshi FM on Thursday, April 29, 2021

 

तपाईको प्रतिक्रिया