सप्तकोशी समाचार

विनाशकारी भूकम्पको ६ बर्ष, पुनर्निर्माणमा उल्लेख्य प्रगति

उदाहरण धरहरा भएको दावी
आइतबार बैशाख १२, २०७८/ Sunday 04-25-21
तस्विर गुगलबाट

इटहरी । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । यसैविच राष्ट्रिय पुननिमार्ण प्रधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले नेपालमा पूननिमार्णको प्रगति उल्ल्ेखय भएको दावी गर्नुभएको छ । कार्यक्रम सप्तकोसी वहसमा कुराकानी गर्दै, घिमिरेले पुननिमार्णको प्रगति उल्ल्ेखय भएको दावी गर्नुभयो ।

अन्य देशमा विपत पर्दा जुन गतिमा काम हुन्छ, त्यो भन्दा छिटो काम भएको उहाँको भनाई छ । उहाँले त्यसको एक उदाहरण धरहरा भएको पनि बताउनुभयो ।

धरहराको शनिबार  प्रधानमन्त्री केपी सर्मा ओलीले उद्घाटन गरिसक्नुभएको छ । तर सर्बसाधरणलाई भने निमार्णको काम बाँकी नै रहेकाले अबलोकनका लागि दिइएको छैन् ।

तपाईको प्रतिक्रिया