सप्तकोशी समाचार

इटहरीमा बजार अनुगमन तिब्र

शुक्रबार बैशाख १७, २०७८/ Friday 04-30-21

इटहरी । इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन, खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा वजारमा अनुगमन गरिएको छ । 

९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले वरामद गरि नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईका अनुसार कोकाकोला, स्प्राइट, रियल जुस, हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो । 

इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले वताउनुभयो ।  

तपाईको प्रतिक्रिया