सप्तकोशी समाचार

पूर्वका नाकामा कढाइ थालियो

बुधबार बैशाख १५, २०७८/ Wednesday 04-28-21
माक्स खै अभियानमा ट्राफिक प्रहरी

इटहरी । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । 

भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । 

यसैविच १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुमनकुमार तिम्सिनाले सबैलाई सजक रहन आग्रह गर्नुभएको छ । महामारी रोक्न कडीकडाउ गर्ने बेला गर्नेबेला आइसकेकाले सबैलाई स्वयम जनस्वास्थ्यको मापदण्ड ख्याल गर्न अनुरोध गर्नुभयो । सप्तकोसी बहसमा कुराकानी गर्दै तिम्सिनाले नाकामा कडाइ थालिएको पनि बताउनुभयो । सुरक्षा निकायले हिजोबाट प्रदेश १ मा मास्क खोइ ?’ अभियान सञ्चालन गरेका छन् ।

जोखिम बढेसँगैे सुनसरी नाकामा पनि सशस्त्र प्रहरीले निगरानी बढाएको छ । त्यसका साथै सशस्त्रले भाण्टाबारी नाका बाहेकको हकमा हुने आवतजावतमा समेत पूर्ण रुपले रोक लगाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले दिएको जानकारी अनुसार भारतसँग सीमा जोडिएको सुनसरीका नाकामा जनशक्ति थप गरी सुरक्षा तैनाथी बढाइएको छ । 

सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलका अनुसार सीमा क्षेत्रमा ६ सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान, इटहरी लगायतका क्षेत्रमा रहेको जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालित गरिएको पौडेलले जानकारी दिनुभयो । 

सीमा क्षेत्रमा सशस्त्रका १० वटा बिओपी (बोर्डर आउट पोष्ट) रहेका छन् । अघिल्लो पटक झंै सशस्त्रले दोस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै सीमामा फरवार्ड पोष्ट समेत थपेको छ ।

तपाईको प्रतिक्रिया