खेलकुद

डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर प्रधानमन्त्रीले नाक फुलाउनु हास्यास्पद

मंगलबार चैत २४, २०७७/ Tuesday 04-06-21

लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधानमाथि निरन्तर प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री केपी ओलीले आफू सत्तासीन भएदेखि नै गरेका हुन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशील र सत्तालोलुपले भरिएको घैँटोजस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्ग– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छनू । यसको चाडोभन्दा चाडो बहिर्गमन आजको आवश्यकता हो ।

प्रधानमन्त्रीको हठले यही पुस ५ गते संसद्को विघटन, कानुनी व्यवस्था र प्रचलित मूल्यमान्यता भत्किएका छन् । सत्ता टिकाउन जेजस्तो कूकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भइसकेको छ । आज उनलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ । नेपालको इतिहासमा पहिलो पटक विभिन्न बहानामा संसद्लाई निष्कृय  र विजनेसविहीन बनाइँदै छ । सर्वोच्चले संसद् पुनःस्थापना गरेपछि उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसदबाटै उनको राजीनामा माग गर्दछु ।

भष्ट्राचार र सरकार एकअर्काका परिपूरक भएका छन् । धेरै टाढा किन जानु, तत्कालीन सूचना तथा सञ्चारमन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो । राजीनामा आयो । कारबाही भएन । कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारबाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ । यस्तै भर्खरै वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौँ रकम दिन आए आफैँ भन्छन् । कस्तो लज्जास्पद ! त्यसैले इतिहासमा यो सरकार सबैभन्दा भष्ट्राचारी सरकार हो । तर प्रधानमन्त्री भष्ट्राचारमा शून्य सहनशीलता भन्न छोडदैनन् ।

कोरोनाको महामारीले एक वर्षयता विश्वलाई नै लखेटिरहेको छ । युरोपका  कतिपय देशमा कोरोनाको तेस्रो लहर चलिरहेको छ भने छिमेकी भारतमा बढ्दै गएको कोरोनाको संक्रमणको कारण नेपालमा भारतबाट आउने मानिसमा संक्रमण दर बढ्दै गएको छ । भारतीय सीमावर्ती क्षेत्रमा कोरोनाको कारण विद्यालय जोखिमयुक्त छन् । नेपालमा पहिलो पटक कोरोनाको खोप लगाएकाले पनि दोस्रो डोज पाएका छैनन् । कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा  जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।

जापान जानका लागि सीओइ लेटर पनि आइसकेको, विश्विवद्यालयले मागेको शुल्क पनि पठाइसकेको र आफ्नो विश्वविद्यालयमा पढ्नका लागि योग्यता प्रमाणपत्र पनि आएका थुप्रै नेपाली विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् । म सम्माननीय सभामुखमार्फत जापान सरकारसँग कुटनीतिक वार्ता गरी उनीहरूलाई चाँडोभन्दा चाँडो उच्च शिक्षा हासिल गर्ने बातावरण बनाउन माग गर्दछु ।

 

प्रधानमन्त्रीले डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गर्नु, एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह हो । याे हास्यास्पद छ । सभामुख महोदय, जनताले आधारभूत स्वास्थ्य, शिक्षा, राम्ररी खान पनि पाइरहेका छैनन् । ठाउँठाउँमा लागेको डढेलोले वातावरण प्रदूषित भएको छ । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्न गएको छ । यसको रोकथाम एवं न्यूनीकरणको लागि सरकारको ध्यानकर्षण गराउँछु ।  

मेलम्चीको खानेपानी सन्त नेता कृष्णप्रसाद भट्टराईको योजना र सपना थियो, जुन साकार आज भएको छ । उनीप्रति सबैले सम्मान प्रकट गर्नु नै पर्दछ । (सोमबार संसद बैठककाे विशेष समयमा सांसद संग्राैलाले राखेका धारणा)

तपाईको प्रतिक्रिया