कला/मनोरंजन

आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग, बच्ने उपाय के छ?

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि म्यानमारमा भएको प्रदर्शनमा कम्तीमा ४३ बालबालिकाको मृत्यु भएको छ ।

सेभ द चिल्ड्रेनका अनुसार फेब्रुअरीमा सेनाले शासन लिएपछि म्यानमारमा भइरहेको प्रदर्शनका क्रममा ४३ बालबालिकाको मृत्यु भइसकेको छ । सेभ द चिल्ड्रेनले अगाडि भनेको छ- म्यानमारमा खराब सपनाजस्तो अवस्था छ ।

मृत्यु हुनेमध्ये एक ६ वर्षीया बालिका पनि छन् । ती मारिनेमध्येकी सबैभन्दा कम उमेरकी हुन् । त्यस्तै, एक स्थानीय निगरानी समूहले सैन्य कुपछि मृत्यु हुनेको कुल संख्या ५३६ पुगेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

म्यानमारमा भइरहेको प्रदर्शनमा सेनाले अत्यधिक बल प्रयोग गरेको छ । संयुक्त राष्ट्रसंघका एक दूतले भनेका छन्, 'अझै धेरै रक्तपातको सम्भावना छ । सीमान्त इलाकामा सेना तथा अल्पसंख्यक समुदायबीचको संघर्ष बढेको छ ।

RITZShikhar Insurance


म्यानमारकी नेतृ आङ सान सू चीको दल एनएलडीले निर्वाचनमा उल्लेख्य जित हासिल गरेपछि सेनाले चुनावमा धाँधली भएको आरोप लगाएको थियो । सोही आरोप लगाउँदै सेनाले शासन नियन्त्रणमा लिएको हो ।

गत शनिबार म्यानमारमा ठूलो संघर्ष भएको थियो । सो दिन सेनाले अत्यधिक बल प्रयोग गर्दा १ सयभन्दा बढी प्रदर्शनकारी मारिएका रिपोर्टहरू प्रकाशित भएका छन् ।

तपाईको प्रतिक्रिया