शिक्षा

पानी पालकका फाइदा

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

पानी पालक नेपालका लागि कुनै नौलो सब्जी होइन। नेपाली नभएता पनि नेपाल भित्रिएको धेरै बर्ष भइसकेको छ।फिलिपिन्समा अत्यधिक खेती हुने गर्दछ यो साग।यो साग बिस्तारै संसार भरी छाएको छ।  सागको रुपमा भुटेर या आलुमा मिसाएर तरकारी बनाएर पनि हामी पानी पालक नियमित खाइ नै रहेका हुन्छौं। नियमित रुपमा खान सकेमा पानी पालकले स्वस्थ्यका लागि कयौं फाइदा पुर्‍याइरहेको हुन्छ। 

पानी पालकका फाइदाहरु 
-  कोलस्टेरोल बढी हुने र कलेजको समस्या हुनेलाई पानी पालक अती उपयोगी मानिन्छ। 
- मुटु सम्बन्धी समस्या हुनेलाई पनि पानी पालक नियमित खाँदा राम्रो हुनेछ।
- क्यान्सर हुनबाट जोगाउन पनि पानी पालकले केही हदसम्म मद्दत पुर्याोएको हुन्छ।
- आँखाका लागि पनि पानी पालक अती उत्तम हरियो सब्जी मानिन्छ। 
-हाड्डीको दीर्घ विकासका लागि पानी पालक राम्रो तरकारी हो। 

-अल्सर बिरामीलाई पनि पानी पालक लाभदायक हो। 
-मासिकश्रावको दुखाइलाई कम गर्न मद्दत गर्छ। 
-दाँतको दुखाइ कम गर्न पनि पानी पालकले राम्रो भूमिका खेलेको हुन्छ। 
- मुत्रनली सम्बन्धी समस्या हुनेले पनि नियमित पानी पालक खाँदा राम्रो। 
- नाकबाट रगत आउने समस्या हुने व्यक्तिलाई पनि फाइदाजनक छ। 

- छाला सम्बन्धी समस्या हुनेलाई पानी पालक उत्तम मानिन्छ। 
- कपालका लागि पनि पानी पालक राम्रो मानिन्छ। 
-ग्लुटिन फ्री खाना भएकाले सबैका लागि फाइदाजनक मानिन्छ। 
-गर्भवतीका लागि राम्रो सब्जी पानी पालक हो। 

- पानी पालकले भोक जगाउने काममा निकै मद्दत पुर्याउछ। 
-तनाव कम गर्न मद्त पुर्याउछ। 
-मस्तिक सम्बन्धी समस्या निदान गर्नुका साथै सम्झना शक्तीमा उल्लेख्य फाइदा पुर्याउछ। 
-बढ्दो उमेरका बच्चाको लागि पनि उपयोगी मानिन्छ।  

तपाईको प्रतिक्रिया