राजनीति

कस्तो बजेट खोज्दै छन् ओली, विज्ञ छन् सशंकित

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

सम्झौताअनुसार काम सम्‍पन्‍न नगर्ने सात निर्माण कम्‍पनी कारबाहीमा परेका छन् ।

सडक डिभिजन कार्यालयले तोकिएको समयमा निर्माण कार्य सम्पन्‍न नगरेको र निर्माण सम्पन्न नहुनुको कारण माग गर्दा पनि सम्पर्कमा नआएका सात कम्पनीसँगको सम्झौता तोडेको हो । 

कार्यालयका अनुसार यी कम्पनीसँग निर्माण सम्झौता तोडेर कालो सूचीमा राख्ने प्रकिया अघि बढाइएको छ । कारबाहीमा पर्नेमा आशिया कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जीपीबी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा र सोनु कन्स्ट्रक्सन रहेका छन् ।

कार्यालयले यी कम्‍पनीसँग ठेक्का सम्झौता तोडिसकेको जानकारी गराएको छ । एघार वर्षअगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न तोकता गरिए पनि काम पूरा नभएको र सम्पर्कमा नआएको भन्दै ठेक्का तोडेर कारबाही अघि बढाइएको हो । 

११  निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया