प्रदेश समाचार

ओली शासनका तीन वर्षः अधुरै रहे चुनावी प्रतिवद्धता

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

जनता समाजादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले वैकल्पिक सरकारका विषयमा सामूहिक छलफल नगरी निर्णय गरेकाले कांग्रेसलाई तत्कालै सहयोग गर्न नसकिने बताएका छन् ।

आफ्नो नेतृत्वमा अरुको सहयोगबिना सरकार नबन्ने परिस्थितिमा एकलौटी निर्णय गरेर कांग्रेसले गल्ती गरेको उनको भनाइ छ ।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'जब आफ्नो एकल नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन भने अरुसँग छलफल गर्नुपर्‍यो नि । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने आन्तरिक निर्णय गरेर गल्ती गर्‍यो । निर्णयपूर्व सामूहिक छलफल हुनुपर्थ्यो ।'

वैकल्पिक सरकार गठनका लागि जसपाले पार्टीभित्र छलफल गरेर निर्णय दिने उनले बताए । आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारी पक्षसँग वार्ता भइरहेको र जसले पार्टीको मागलाई प्राथमिकता दिन्छ, त्यसलाई समर्थन गर्ने उनको भनाइ थियो । 'हाम्रो माग र मुद्दालाई जसले प्राथमिकता दिन्छ, त्यसलाई हामी समर्थन गर्छौँ,' उनले भने ।

कांग्रेसले जसपाको माग पूरा गर्ने विषयमा छलफल गर्दै गठबन्धनको उम्मेदवारको विषयमा निर्णय लिनुपर्ने उनको मत छ ।

तपाईको प्रतिक्रिया