स्वास्थ्य

छारे रोग : केही वास्तविकता र अन्धविश्वास

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

 काठमाडौं । ‘अति भयो, सहन सकिँदैन’– माधवकुमार नेपालले भने। माधवको यो भनाई लक्षित थियो एमाले अध्यक्ष केपी शर्मा ओलीतिर ।

काठमाडौंमा समानान्तर संगठन घोषणा गर्दै माधवले भने– मैले २६ भोटले मात्र अध्यक्षमा हारेको हो, उहाँको भन्दा हाम्रो संगठन ठूलो छ । केही समय पहिले माधवले केपी ओली कमरेड नै नरहनुभएको सार्वजनिक घोषणा गर्नुभएको थियो । त्यो भनाईलाई आज भने उहाँले सच्याउनुभएको छ । माधवले भने– ‘कमरेड केपी ओली कम्युनिष्ट पार्टीबाट विचलित हुनुभएको छ । उहाँलाई कम्युनिष्ट पार्टी घाँडो भएको छ । 

आईतबारको भाषणमा माधवले केपी ओलीको आधा घन्टा आलोचना गरे। माधवको आलोचनाका मुख्य अंश: 

♦ नवौं महाधिवेशनमा अध्यक्षमा मैले २६ भोटले हारेको हो । तल्लो तह ६० प्रतिशत हाम्रो पक्षमा छ । ७७ मध्ये ४२ जिल्ला हाम्रो पक्षमा थियो । केपी ओली अल्पमतमा । उहाँले मदन भण्डारी फाउनण्डेसनको नाममा संगठन बनाएको हो । 

♦ काठमाडौंको दुई नम्बर क्षेत्रमा आमचुनावमा ओलीको मान्छेले मलाई पहिले नै हराउन खोजेको । घुमाई फिराई हराउन खोजेको हो । बामदेव गौतमलाई केपी ओलीले नै हराएको हो । जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ उसको पत्तासाफ गर्ने प्रयास ओलीले गर्दै आउनुभएको छ । 

♦ असहमतलाई सीधै समाप्त पारिदिने प्रवृत्ति केपी ओलीमा छ । अत्यन्तै पूर्वाग्रही प्रवृत्ति ओलीमा छ । उहाँसँग जोडिएका सबै मानिसमा त्यस्तो प्रवृत्ति छ । 

♦ १६५ क्षेत्रमा सडक शिलान्यास गरियो । संसारमा कहिँ यस्तो हुन्छ ? केही तयारी छैन, डीपीआर बनेको छैन, कुनै आधार छैन तैपनि शिलान्यास गरियो । बालुवटारमा बसेर शिलान्यास । आफ्नो नाम लेखाउने, आफ्नो फोटो हाल्ने कति रहर । फोटो आफ्नो घरमा टाँगे भयो नि, किन अरुलाई दुःख दिनु ? जनता कुरा होइन परिणाम चाहन्छन् । 

♦ हामी विचलित भएका छैनौं, आत्तिएका छैनौं । हामीसँग तीन विकल्प छ । पहिलो हो– केपी ओलीको टाङ मुनि छिर्ने । दोस्रो हो गेरु वस्त्र लगाउने । तेस्रो हो सही बाटोमा दृढतासाथ हिँड्ने । हामी तेस्रो बाटो हिँड्छौं ।

♦ कारवाही हुन्छ कि भनेर कसैले पनि डर नमान्नुस् । केपी ओलीले फालेर हामी फालिने मानिस हौं ? हाम्रो संघर्ष केपी ओलीले नेतृत्व गरेको विचार र प्रवृत्तिका विरुद्ध हो । 

♦ पार्टीको नवौं महाधिवेशनमा जालझेल षडयन्त्र गरेर जितेको हो । संख्याकै कुरा गर्ने हो भने संगठनमा हामी कमजोर छैनौं ।

♦ सुरु देखि केपी अ‍ोलीले काठमाडौंमा चरम गुटवन्दी गरेको । असहमतलाई पाखा लगाउँदै आएको । केपी ओलीले जालझेल गरेर जितेर आए । ओलीकाले जतिले जिते, जहाँ जिते त्यहिँ हैरान बनाए । 

♦ केपी ओलीको दलाल पूँजीपतिसँग साँठगाँठ छ । उहाँ दलाल पूँजीवादको पक्षमा हुनुहुन्छ । 

♦ बालुवाटारको बालुवा पेलेर तेल निस्कनेवाला छैन । तेल निस्कन्छ कि भनेर बालुवा पेल्दै हुनुहुन्छ बामदेव कमरेड । तर, उहाँले म पनि थाकिसकें, केपी ओलीलाई सुधार्न सकिँदैन भन्नुभयो । मलाई विश्वास छ, फेरि पनि बामदेव कमरेडसँग मिलेर केपी ओली विरुद्ध संघर्ष गरिनेछ ।

♦ केपी ओलीले आफ्नो भजन मण्डली बनाउन खोज्नुभएको छ । केपी ओलीले ‘बा’ कल्चर बनाउन खोज्नुभएको छ । (आईएनए न्युज एजेन्सी

तपाईको प्रतिक्रिया