फोटो फिचर

नेपाली राष्ट्रिय टिम कप्तान किरण एएफसी इन्टरनेशल प्लेयर अफ दि विक घोषित

सोमबार चैत २३, २०७७/ Monday 04-05-21

काठमाडौं । राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसी इन्टरनेशल प्लेयर अफ द विक घोषित भएका छन् । किरणले मनोनयनमा परेका एशीयाका अन्य नौ खेलाडीलाइ पछि पारेका हुन् । 

प्राप्त मतको आधारमा विजेता छानिएको हो । एएफीले पाँच दिन अघि किरण सहित दश खेलाडीलाई साताको उत्ृकष्ट खेलाडीको  मनोनयनमा राखेको थियो । जसमा किरणले सर्वाधिक ५५ दशमलब ६९ प्रतिशत मत प्राप्त गरे ।

साउदी अरेबियाका सलेह अल  सेहेरीले २० दशमलब ६२ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा रहे । इराकका अल अली हवइ  १० दशमलब १६ प्रतिशत मल प्राप्त गर्दै तेस्रो भए । यसको मनोनयनमा पर्दै उपाधी नै जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् । उनको कप्तानीमा नेपालले गत सोमबार घरेलु मैदानमा भएको थ्रि नेशन्स कपको उपाधी जितेको थियो । फाइनलमा नेपालले बंगलादेशलाई दुइ एकले हरायो । थ्रि नेशन्समा नेपालले तीन खेल खेल्दा किरणले मात्र एक गोल खाएका थिए । 

साताको उत्कृष्ट खेलाडी बनेपछि किरणले सामाजीक संजाल मार्फत खुशी बाडेका छन् । यो वर्ष आफ्ना लागि निकै भाग्यमानी सावित उनको भनाइ छ । उनले अगाडी लेखेका छन– 'मलाई  गर्व छ हामीले पुरा गर्यौ । नेपाली फुटवलको इतिहासमै मनोनयनमा पर्दै उपाधी जितेको यो पहिलो पटक हो । यो ठूलो सफलता हो । यो हामी सवैका लागि गौरव गर्न लायक क्षण हो । हामी सवै सँगै मिलेर अघि बढ्यौ भने जे पनि संभव छ भन्ने यो सानो उदाहरण हो । मत दिने सवैप्रति आभार ब्यक्त गर्दछु । यो उपाधी मेरा लागि निकै विषेश छ । आफ्नो देशलाई गौरावान्वित बनाउन म अझै कडा मेहनत गर्नेछु ।'

 किरण यो सिजन भारतीय लिग आइ लिगको उत्कृष्ट गोलकिपर पनि बनेका थिए । उनी पंजाव एएफसीबाट आइ लिग खेल्नेछन् । 

तपाईको प्रतिक्रिया