सप्तकोशी समाचार

महामारी तेज गतिमा, प्रदेश १ मा करिव १०० संक्रमित थपिए 

सक्रिय संक्रमित ४०४
बुधबार बैशाख ८, २०७८/ Wednesday 04-21-21

इटहरी । प्रदेश १ मा मंगलबार ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ४०४ पुगेका छन् । प्रदेश १ मा मंगलबार ५२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया