सप्तकोशी समाचार

बेलबारी बहुमुखीमा पढ्ने बिद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरीदिने 

मंगलबार बैशाख ७, २०७८/ Tuesday 04-20-21
बेलबारी बहुमुखी क्यापस

मोरङ । आर्थीक अभावका कारण धेरै बिद्यार्थीहरुले पठन पाठनै पुरा नगरी बिचमै पढाई छाडने गरेको घट्ना नयाँ भने होईन्न । शैक्षिक उदेश्यनै पुरा नगरी छाडने गरेका घट्नाहरु बाहरीरहेकै बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्यन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ । 


२०७७ ÷०७८मा प्रथम बर्षमा भर्ना हुने शबै सकायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकालि तिरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।क्यापसमा शिक्षा शास्त्र, म्यानेटम्नट तथा आर्टस सकायको पठन पाठन हुने गरेको छ । तिन बटै सकायमा अध्यन गर्न आउने बिद्यार्थीहरुको भर्नावापतको सम्पुर्ण खर्च नगरपालिकाले ब्यहोरीदिने गरी बैशाख ५ गतेको नगर कार्यापालिकाको बैठकले समेत निर्णय गरेको छ । 


आर्थीक अभावका कारण कसैले पनि पठन पाठन छाड्नु नपारेस भन्ने उदेश्यका साथ यस्तो निर्णय गरीएको नगर प्रमुख सुवेदीले बताए । एक जना बिद्यार्थीले भर्ना शुल्क बापत ६ हजार एक सय देखी ६ हजार दुई सय सम्म बुझाउने गरेका थिए । 


नगरपालिकाले उत्त रकम नगरपालिकाले ब्होरी दिने भएपछि बिद्यार्थी समेत खुसि भएका छन ।  क्यामपसमा पठन पाठनका लागि अध्यन सुरु भएदेखीनै आएपनि आर्थीक अभावका कारण धेरै  साथिहरुले पठन पाठन पुरानै नगरी छाडन हुन्थ्यो बेलबारी बुहुमुखी क्यापसमा अध्यनरत बिद्यार्थी रोशनि शाहिले भनिन अब सवैले पढ्न पाउने भयौ । उनले भनिन नगरपालिकाले गरेको यो कार्यले म बेलबारी बहुमुखी क्यापसमा पढ्ने बिद्यार्थी हु भन्ने अबसर जुराई दिएको छ । सुरु सुरुमा क्यापसका कोठाहरुमा आटी नआटी बिद्यार्थी आउने गरेपनि फाइनलमा परिक्षा फारम भर्ने समयमा सख्य न्युन हुने गरेको क्यामपस प्रमुख खगेन्द्र लुईटेलको भनाई रहेको छ । 


२०६५ सालमा स्थपना भएको उक्त क्यापस समेत आफनै जग्गामा बनेको छ । कुल लागतको ६० प्रतिशत नगरपालिकाले बजेटको ब्यबस्थापन गरेर क्यामपस भवन निर्माण गरीएको हो ।  आफनै भवन नहुदाँ घर भाडामा लिएर क्यामपस संचालन गर्ने गरीएको थियो ।साघुरो कोठामा कक्षाकोठा संचालन गर्दा बिद्यार्थीको पठन पाठनमा समेत असर पर्ने गरेको क्यापसका प्रध्यापक तिला गौतमले बताईन । 


यसैगरी बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्यापसलाई ल्यापटप, कम्पयूटर तथा प्रोजेक्टर बितरण गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तिन थान ल्यापटप, तिन थान प्रोजेक्टर र एक थान क्मप्युटर प्रमुख खगेन्द्र लुइटेललाई हस्तान्तरण गरेका छन । 

तपाईको प्रतिक्रिया