अर्थ/वित्त

कतारी नोट बैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको आग्रह 

मंगलबार बैशाख ७, २०७८/ Tuesday 04-20-21

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई बैशाख २७ भित्र सटही गरिसक्न आग्रह गरेको छ । कतारको केन्द्रीय ब्यांकले चौथो संस्करणका ब्यांक नोटहरू  नोटहरू असार १७(जुलाई १) देखि नचल्ने निर्णय गरेकाले उक्त जानकारी दिएको राष्ट्र बैंकले जनाएको छ । 

सो मितिपछि कतारको केन्द्रीय बैकले  नयाँ नोट जारी गर्ने बताएको छ । चलनचल्तीका कतारी नोटहरू तोकिएको मितिभित्र नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरूबाट सटही गर्न सकिनेछ । 

तर, सो मितिभन्दा पछाडि सटही गर्न बाध्य नहुने राष्ट्र ब्यांकको सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया